इन्सपेक्टर जोरा र सहायक हवल्दार चौधरी घुससहित रङ्गेहात पक्राउ


रुपन्देही, १० पुस । सशस्त्र प्रहरीका इन्स्पेक्टर र सहायक हवल्दार घुससहित पक्राउ परेका छन् ।
रूपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरास्थित सशस्त्र प्रहरी वेस क्याम्पका प्रहरी निरीक्षण तेजबहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित बिहीबार पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरूलाई गैडहवा–३ बाट ६ हजार रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको हो । घरयासी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस लिएको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिएका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिएर बुटवलमा राखिएको छ । भ्रष्टचार निवारण ऐन अनुसार उनीहरुलाई कारबाही गरिने भुसालले जानकारी दिएका छन् । उनीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकाल काठमाडौं शुक्रबार पठाइने छ ।

प्रकाशित : २०७६ पुष १०, बिहीबार १८:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ