सरकारी कागज किर्ते आरोपमा प्रदेश २ मा एकवडा सचिव पक्राउ


बारा, १० पुस । सरकारी कागज किर्ते गरेको आरोपमा वडा सचिव पक्राउ परेका छन् । किर्ते जन्म दर्ता बनाएको अभियोगमा पचरौता नगरपालिका ४ र ५ का वडासचिव प्रभु पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी उद्योग कसुरका अभियुक्तलाई फाइदा तथा पीडितलाई नोक्सानी पुर्‍याउने नियतले अभियुक्तको किर्ते जन्म दर्ता बनाएको प्रहरीले जनाएको छ । पण्डितले जबरजस्ती करणी उद्योग कसुर मुद्दामा जिल्ला अदालत बाराको आदेशले हाल पुर्पक्षका लागि कारागार कार्यालय वीरगंजमा थुनामा रहेका व्यक्तिको किर्ते जन्मदर्ता बनाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

वीरगंज थुनामा रहेका पचरौता नगरपालिका ५ बस्ने सोहन भन्ने १८ वर्षीय जितेन्द्र महतो नुनियाको २०५८ सालमा जन्म भएकोमा २०६० सालमा जन्म भएको भनी वडासचिव पण्डितले किर्ते कागज तयार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पण्डित उपर लिखतसम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको उक्त बारा प्रहरीको भनाइ छ ।

प्रकाशित : २०७६ पुष १०, बिहीबार १९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ