चिसो बढेपछि वडाध्यक्ष यादबले चलाए घुरा बाल्ने अभियान


जयनाथ यादब/ लहान, ११ पुस । सुरु भएको शितलहरले ज्यानै लिने खतरा देखिएपछि सिरहाको सखुवाननकारट्टी ३ का वडाध्यक्ष महेन्द्र प्रसाद यादबले घुरा (आगो) बाल्ने अभियान चलाएका छन् ।

वडाध्यक्ष यादबले वडाको चोक चोक तथा टोल टोलमा आगो बालेका हुन् । दाउरा खरिद गरेर चिसोबाट बचाउन दलित बस्तीहरुमा समेत घुरा बालेको वडाध्यक्ष यादबले जानकारी दिए । विशेषगरी साँझ र विहान अत्यधिक चिसो लाग्ने गरेकाले सो समयमा घुरा बाल्ने गरेको उनको भनाई छ ।

उनले चिसो प्रभावितहरुको तथ्यांक संकलन गरी कम्बल वितरण गर्ने योजना रहेको पनि बताएका छन् ।

चिसो बढेपछि जिल्लाका अन्य ठाउँका जनप्रतिनिधिहरु पनि घुरा बाल्ने अभियान चलाएका छन् । लहान, सिरहा सदरमुकाम, गोलबजार, मिर्चैया लगायतका ठाउँमा वन कार्यालयले घुरा बालेपनि ग्रामिण भेगका जनप्रतिनिधिहरु घुरा बाल्ने गरेका छन् ।

प्रकाशित : २०७६ पुष ११, शुक्रबार ०८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ