प्रहरीलाई घुस दिने महिला पक्राउ


कलैया । प्रहरीबाट समान घुस दिने एक महिलालाई पक्राउ गरिएकोछ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा नम्बर २ वस्ने ३५ वर्षिया अम्विया खातुन रहेको प्रहरी उपरिक्षक बिकासराज खनालले जनाए ।

शुक्रवार बिहान बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित ईलाका प्रहरी कार्यालय जितपुर अगाडी सडक खण्डमा प्रहरी नायवनिरीक्षक सागर शम्शेर जवराको कमाण्डमा खटेको टोलीले अम्विया खातुनलाई पक्राउ गरेको थियो ।

भन्सार छली बसमा लुकाई छिपाई राखेको कुर्ता सुरुवाल २३ पिस, थानको कपडा ७ पिस, साडी २५ पिस र सल २ पिस प्रहरीले बरामद गरेको थियो । कामलाई सहजगरि दिन र कपडालाई छोडी दिन भनि प्रहरीलाई लोभ प्रलोभनमा पार्ने हिसावले २८ हजार घुस दिन खोज्दा उक्त पैसा र कपडा समेत बरामद गरी, घुस दिन खोज्ने अम्विया खातुनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ पुष १२, शनिबार ०९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ