चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस


काठमाडौं । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहानको काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले मापन गरेको यो तापक्रम बिहान ६ बजेको हो । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।

यसअघि बिहीबार विहान पौने ९ बजे काठमाडौं उपत्यकाको यस वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम ०.९ मापन भएको थियो ।

त्यस्तै तराईको हुस्सु/कुहिरो जारी नै रहेकाले चिसो बढ्न सक्ने अनुमान गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस १२ गते (शनिबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पुस १३ गते (आइतबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

पुस १४ गते (सोमबार)

दिउँसो : देशको पूर्वी पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित : २०७६ पुष १२, शनिबार ०९:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ