जनकपुरधाम, ६ माघ । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजु अर्याले नेपाल जस्तो गरिव देशमा भ्रष्टाचार अन्त्य हुने सम्भावना नरहेको बताएका छन् । अधिकांश क्षेत्रमा पछाडि परेको देशमा भ्रष्टाचार अन्त्य गर्नु निकै ठुलो चुनौती रहेको भन्दै तत्कालै भ्रष्टाचार अन्त्यको सम्भावना नरहेको उनले बताएका हुन् ।
आइतबार धनुषाको जनकन्नदनी गाउँपालिका–१ ईनर्वा रेलवे स्टेसन स्थित बोर्डर अफ पोष्ट (विओपी) कार्यालय उद्घाटन सत्रलाई सम्बोधन गर्दे शुन्य प्रतिशत भ्रष्टाचारको नीति लिएपनि कार्यनव्यन हुन केही कठिनाइ देखिएको उनको भनाई छ । प्रहरी संगठन भित्र चार वटा सुधारका नीति लिएको भन्दै विगत भन्दा अहिले धेरै सुधार भएको उनले बताए । बर्दी र गैर बर्दीबीचको मतभेदले पनि भ्रष्टाचार अन्त्य गर्न समस्या भएको उनले औल्याए ।
स्थानीय र प्रहरीबीच प्रगाढ सम्बन्ध हुनु पर्ने भन्दै प्रहरीलाई घुस खुवाएर प्रोत्साहन नर्गन उनले स्थानीयलाई सुझाए । कुनै प्रहरीले घुस मागे त्यसको प्रतिरोध गर्न भन्दै आमनागरिकलाई पनि अपराधिक गतिविधिबाट सचेत हुनु पर्ने उनले बताए । ‘आमनागरिकले प्रहरीलाई घुस दिएर प्रोत्साहन गर्छन्, अव त्यसतो नर्गनुस्, बरु आँफू सत्य बाटोमा हिड्नु,’उनले भने, ‘कुनै पनि प्रहरीले घुस मागेको छ भने उजुरी गर्नुस । तर, त्यसको लागि तपाई पनि तस्करी चोरी पैठारी गर्नु भएनन् ।’
छिमेकी राष्ट्रले सिमा अतिक्रमण गर्न खोज्यो भने खबर गर्न स्थानीयलाई उनले आग्रहसमेत गरेका छन् । दशगजा क्षेत्रको नयाँ नक्सा नआए सम्म केही दिन समस्या देखा पर्न सक्ने भन्दै छिमेकी राष्ट्रले अतिक्रमण गर्ने मानसायले कुनै गतिविधि गर्न खोज्यो भने प्रहरीलाई जानकारी गराउन उनले सुझाए । दशगजा क्षेत्रको पहिचान गर्ने अभियान सुरु गरिसकेको भन्दै केही समयपछि प्रदेश २ का सबै सिमाका दशगजा पहिचान गरिसक्ने उनले बताए ।
‘दशगजा क्षेत्रको पहिचान गर्ने अभियान थालेका छौं,’उनले भने, ‘केही समयपछि यो समस्या अन्तय हुन्छ । तर, पनि तपाईहरुले सिमा क्षेत्रबाट भइरहेको अपराध र सिमा अतिक्रमण बारे जानकारी दिनु होला । हामीलाई अनुसन्धान र अपराधिलाई कारवाही गर्न सजिलो हुन्छ ।’ जनकन्नदनी गाउँपलिकाको तीन भागमा सिमा नै रहको जनाउँदै विगतमा यताबाट तस्करी एवं चोरी पैठारी पनि भइरहेको थियो । तर, अव यस कार्यालयले सो कुरालाई न्यूनिकरण गर्ने उनको भनाई छ । ‘हातहतियार तथा विस्फोटक पदार्थ पनि सिमाबाट ओसारपसरा हुने गर्छन्,’उनले भने,‘अव अपराधिहरुले ति मानसिकता अन्तय गरे हुन्छ ।’
नेपालि भु–भाग अतिक्रमणबाट बचाउन, सिमा क्षेत्रको बासिन्दालाई सुरक्षा गर्न र निकट भविष्यमा सुरु हुने भनिएको रेल सेवालाई मध्यनगर गर्दै त्यहाँ चेक पोष्ट राखेका छन् । रेल सेवा सञ्चालन पश्चात हुने ढुवानी चेकजाँच, दशगजका सिमा स्तम्भ बचाउन, सिमा अतिक्रमण र तस्करी नियन्त्रण गर्ने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक राजु उप्रेतीले जनाए ।
कार्यालय स्थापना भएसंगै त्यहाँका ४ हजार भन्द्या बढी स्थानीय जनता शान्ति सुरक्षाबाट लाभान्वित हुने उनले बताए । ‘यस कार्यालयले शान्ति सुरक्षादेखि लिएर विभिन्न दृष्टिकोणबाट स्थानीय र सरकारलाई फाइदा पुग्ने छन्,’उनले भने, ‘छोटी भन्सार कार्यालय पनि सञ्चालनमा ल्याउन मद्दत पुग्छ । निकट भविष्यमा चल्ने भनिएको रेल चेकजाँचमा पनि सहज हुन्छ ।’
ईनर्वाको पुर्वी तर्फ कमला नदी रहेको यी क्षेत्र समथल र होचो भु–भाग रहेको भन्दै दैविक प्रकोपबाट पनि सजिलै उद्धार गर्न सकिने उनको भनाई छ । कार्यालय स्थापनाले अपराध पनि न्यूनिकरणमा थप मद्दत पुग्ने उनले बताए । यस्तै जनकन्नदनी गाउँपालिका–१ का वडाध्यक्ष धमेन्द्र बैद्यले छिमेकी देशले नेपाललाई कमजोर ठानेर सिमा अतिक्रमण गरेको बताए ।
रेल सेवा सञ्चालनमा आएपछि विदेशी अपराधिहरु नेपाल छिर्न सक्ने भन्दै यसप्रति प्ररही अझै सक्रिय हुनु पर्ने उनले ध्यानकष्र्ण गराए । छोटी भन्सारको आवश्यकता औल्याउँदै प्रहरीको प्रत्येक सकारात्म क्रियाकलापमा साथ रहने उनले प्रतिबद्धता वनाए ।