बुटवल, १६ माघ । रुपन्देहीको भैरहवामा बोराको थुप्रोले च्याप्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
सिद्यार्थ नगरपालिका वडा नं ६ गल्लामण्डीमा आफ्नै घरको सटरमा स्टोर गरिएको बोराको बोराको चाङ् पल्टीएर भारत बिहारका ३० बर्षिय सहजाद हुसेन, उनीकी श्रमती २८ बर्षिय सद्धव खातुन, ६ बर्षिय छोरा सुल्तान रजा र २ बर्षिय छोरी सहिना खातुनको मृत्यु भएको हो ।
घरमा आफैंले संकलन गरेर राखेको बोराका चाङले घेरिएको साघुँरो स्थानमा सुतिरहेका उनिहरुलाई बोराको थुप्रोले च्यापिरहेको अवस्थामा प्रहरीले विहिबार विहान फेला पारेको थियो । सास फेर्न नसकेर निसास्सीएर मृत्यु भएको आशंका गरिएको छ ।
रुपन्देही प्रहरीका अनुसार हुसेन परिवारले बिगत १५/२० बर्ष देखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्रि बितरण गर्दै आएका थिए । उनीहरुको शब पोस्टमाेर्टमकाे लागि भैरहवा स्थित भिम अस्पतालमा राखिएको छ ।