जनकपुरधाम, १८ माघ । सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरुको प्रदेश २ स्तरीय भेला जनकपुरमा आज (शनिवार) हुन लागेको छ ।
अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक संघको आयोजनामा प्रदेश २ को भेला जनकपुरस्थित मतस्य विकास तालिम केन्द्रमा हुन लागेको हो । विहान ११ बजेदेखि हुने भेलाको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले गर्ने बताइएको छ ।
भेलामा प्रदेश २ का आठै जिल्लाका अस्थायी, करार र ज्यालादारी सरकारी कर्मचारीको उपस्थिति रहनेछन् । सरकारले आवश्यक परेको बेला नियुक्ति दिएको तर अहिले समस्यामा पार्ने गरेको कर्मचारी नवराज केसीले जानकारी दिए । सरकारबाट समस्यामा पार्ने काम नहोस् भन्ने उदेश्यका साथ आफुहरु संगठित हुन लागेको उनको भनाई छ ।