सुरेन्द्र महतो
जोहरबारु,मलेशिया। मिति-२०७६ साल चैत्र १६ गते आइतबारका दिन धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ३ लालभित्ति का राजेन्द्र महतो र राजकुमार महतोको परीवारलाई हेल्प मधेशी संस्थाद्वारा खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको छ।
निज परीवार श्रमजीवी परीवार हुन र लकडाउन भएका कारणले निज परीवारको खाद्यान्न सामाग्रीहरु समाप्त भएर भोकभोकै बस्नु परेको थियो भने कुराको जानकारी हाम्रो संस्था हेल्प मधेशी हिजो फेसबूकमा खुसी झा को नामबाट चलिरहेको फेक आइडीको पोस्टबाट जानकारी पाएका थिए।
आइडी फेक भए पनी अवस्था चाहि वहाँले लेखेको जस्तै थियो।निज परीवारको समस्यालाई बुझी आज मिति २०७६ साल चैत्र १६ गते आइतवारका दिन हाम्रा हेल्प मधेशी संस्था मलेसियाका केन्द्रिय कोषाध्यक्ष प्रमोद कुमार महतो ज्यु निज परीवारहरुको घरमै गइ निम्न सामाग्रीहरु निज दुईवटै को परीवारहरुलाई हस्तान्तरण गरिएको छ।
प्रती परीवार चावल-१०/१० किलो, दाल २/२ किलो, आलु ३/३ किलो, प्याज १/१ किलो र नुन २/२ किलो गरि दुबै परिवारलाई सहयोग गरेको छ । यस्तो भयावह अवस्थामा हामी सबै मिलि सहयोगका हाथहरु अगाडि बढाऔ र कोरोना भाइरसलाई हराऔ भने नाराका साथ हेल्प मधेशी संस्था जनहित कार्यमा लागेका छन र हाम्रो संस्था हाम्रो सरकारलाई सहयोगको गर्नका लागि सधै तात्पर्य छन।
हेल्प मधेशी मलेसियाका केन्द्रिय कोषाध्यक्ष प्रमोद कुमार महतो ज्युलाई धेरै धेरै धन्यवाद छ।यस्तो अवस्थामा वहाँले आफ्नो कर्तव्यको पालन गर्नु भएको मा र साथै हेल्प मधेसी सदैब अगामी दिनहरु मा पनि दुखी ,असाय,अशक्त र पीडित लाई सहयोग गर्ने छ भने हेल्प मधेसी को केन्द्रिय अध्यक्ष राम उदगार यादब जि ले जानकारी दिनु भयो।
