जनकपुरधाम : महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधवार करेन्ट लागेर एक कामदारको ज्यान गएको छ ।
जलेश्वर नगरपालिका ८ बस्ने सञ्जय राउतका १७ वर्षीय छोरा रुपेश राउतको ज्यान गएको हो । वेल्डिङ गरिरहेको क्रममा उनलाई करेन्ट लागेपछि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक राउत जलेश्वर नगरपालिकाका १ स्थित डायमण्ड इन्जिनीयरिङ वर्कशपमा काम गर्दै आएका थिए ।