एजेन्सी : मंगलग्रहमा आठवटा सफल अवतरण गराइसकेको अमेरिकी अन्तरिक्ष नियोग नासाले त्यहाँ अब हेलिकप्टर उडाउने प्रयास गर्ने भएको छ ।
लगभग दुई किलोको उक्त हेलिकप्टरको नाम इन्जेन्युइटी हो र यो पर्सिभियरेन्स नामक रोभरको तल्लो भागमा रहनेछ । मंगलमा पुगेको केही महिनापछि हेलिकप्टर एक्लै उड्ने प्रयास गर्नेछ ।
मंगल पुगेपछि इन्जेन्युइटीले शिशु पक्षीले झैं उड्न सिक्नेछ र शुरूमा १० फीट माथि अनि ६ फीट अघिल्तिर उड्नेछ । प्रत्येकपटकको प्रयासमा यो अझै माथि र अझै टाढा जानेछ ।
‘राइट दाजुभाइले पहिलोपटक विमान उडाए जस्तै क्षण हो यो,’ प्रोजेक्ट म्यानेजर मिमि आङले भनिन् । उनले पर्सिभियरेन्स रोभरमा एक महिनामा सम्भव भएसम्म बढी हेलिकप्टरहरू राख्नेछिन् ।
त्यसपछि रोभरले भौगर्भिक काम गर्न थाल्नेछ । भविष्यमा अर्को पुस्ताको हेलिकप्टरहरूले मंगलग्रहको भूमिमा अन्तरिक्षयात्री र रोबोटका लागि नयाँ ठाउँहरू पत्ता लगाउनेछ ।