जनकपुरधाम : भारतको उत्तर प्रदेशको अयोध्यामा रहेको राम जन्मभुमि मन्दिरको पुजारी र मन्दिरमा सुरक्षार्थ खटेका १६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्दिरको पुजारी प्रदिप दास र १६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । संक्रमित पुजारी दास मन्दिरका मुख्य पुजारी सत्येन्द्र दासका शिष्य (चेला) हुन् ।
अगस्त ५ तारिखका दिन मन्दिरमा भुमिपूजन कार्यक्रम तय भएको छ । जुन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुनेछन् । तर पुजारी र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि खैलाबैला मच्चिएको छ ।
संक्रमित पुजारी र प्रहरीलाई आइसोलेसनमा भर्ना गरिएको बताइएको छ ।