वीरगञ्जमा कोरोनाले फेरी एक पुरुषको मृत्यु, मृतकको संख्या ६० पुग्यो


वीरगञ्ज : वीरगञ्जमा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण बुधबार बिहान ज्यान गएको छ ।

कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १५ निवासी ४६ बर्षका पुरुषको ज्यान गएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए । ती पुरुषको उपचारको क्रममा बुधबार बिहान ६ बजे कोिभिड विशेष वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको मेसु‌ उपाध्यायले बताए ।

उनी हिजो (मंगलबार) मात्रै अस्पतालमा भर्ना भएका थिए । साउन १८ गते ती पुरुषको स्वाब संकलन गरिएकोमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ज्वरो आएपछि हिजो मंगलबार नै अस्पतालमा भर्ना भएका ती पुरुषको आज बुधबार बिहान ज्यान गएको हो । यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । яндекс

प्रकाशित : २०७७ श्रावण २१, बुधबार १३:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ