एजेन्सी/ वासिङ्टन : बुधबार फेसबुकले अमेरिकी राष्ट्रपतिको एउटा फेसबुक पोस्ट हटाइदिएको छ।
फेसबुकले कोरोना भाइरससम्बन्धी गलत तथ्य पेस गरेको भन्दै पोस्ट हटाएको जनाएको छ । फेसबुकले हटाएको उक्त पोस्टको भिडिओमा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाविरूद्ध बालबालिका लगभग प्रतिरोधी रहेको दाबी गरेका छन् ।
सो भिडिओ उनले फक्स न्यूजलाई दिएको अन्तरवार्ताको एक अंश हो । ‘भिडिओमा मानिसहरूको एक समूह कोभिड १९ प्रतिरोधी हुने गलत तथ्य छ, जुन हाम्रो कोरोना सम्बन्धी जानकारी नियमको विरूद्ध छ’, फेसबुकका एक प्रवक्ताले भने।
ट्विटरले पनि सो भिडिओ हटाएको छ । भिडिओलाई ट्रम्पको आगामी राष्ट्रपति निर्वाचन अभियानले पोस्ट गरेको थियो ।यसअघि पनि ट्वीटरले ट्रम्पका केही ट्विटहरूलाई गलत चिन्ह लगाइदिएको थियो ।