वीरगञ्ज : पर्सामा ११ सैनिकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणको बुधबार राति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले संक्रमित मध्ये ४० जना पर्साका, २ जना बाराका र एकजना रौतहटका छन् । संक्रमित मध्ये नारायणी अस्पतालमा कार्यरत एक कर्मचारीमा समेत छन् ।