वीरगञ्ज : पर्सामा एक वडाध्यक्षसहित २२ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा एक वडाध्यक्षसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार पर्साको पोखरीया नगरपालिका १ का वडाध्यक्ष बंका राउत कुर्मीमा पनि कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टर,२२ र २३ वर्षका स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् ।
नारायणी अस्पतालमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ रामपुरटोकनीमा रहेको म्यागनस फर्माका दुई पुरुष र एक महिला गरी तीन जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।