नयाँ दिल्ली : चर्चित उर्दु कवि राहत इन्दुरीको कोरोना भाइरसका कारण निधन भएको छ ।
सोमबार मात्र उनलाई कोरोना संक्रमण भएको पुष्टी भएको थियो । भारतीय सन्चार माध्यमले इन्दुरीको मध्य प्रदेशमा मृत्यु भएको जनाएका छन् ।
सामाजिक सन्जालमा सक्रिय देखिने गरेका ७० वर्षीय इन्दुरीले मंगलबार आफुलाई कोरोना संक्रमण भएको अपरान्ह जानकारी दिएका थिए ।
‘कोरोना संक्रमणको लक्षण देखिएपछि सोमबार परिक्षण गराएको थिएँ । आज संक्रमण पुष्टी भएपछि औरुबिन्दो अस्पतालमा भर्ना भएको छु’, मंगलबार अपरान्हमा उनले ट्वीटरमा लेखेका थिए ।