जनकपुरधाम : धनुषा र महोत्तरीमा अलग अलग घटनामा दुई जनाको ज्यान गएको छ ।
धनुषाको मिथिला नगरपालिका ९ बेंगाडावरका चन्देश्वर महतोको १८ बर्षीय छोरा शिवशंकर महतो मृत फेला परेका हुन् । घर नजिकै रहेको आफ्नै खेतको आँपको बगैँचामा उनी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यस्तै महोत्तरीमा डुबेर एक बालकको मृत्यू भएको छ । मृत्यू हुनेमा औरही नगरपालिका २ का अमित सदाको ४ वर्षीया छोरा सोहन सदा छन् । उनको घर नजिकै रहेको पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।