जनकपुरधाम : केहि दिनदेखि फोहरको विवाद झेल्दै आएका जनकपुरधाम उप–महानगरपालिकामा विहीवारदेखि फोहर उठाउने कार्य शुरु गरेको छ । ल्याण्डफिल साइटको व्यवस्थापन नभएका कारण केहिदिन यतादेखि फोहर उठाउन सकिएको थिएन् ।
तर, विहीवार देखि जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले अग्रसरता देखाउँदै फोहर फाल्ने स्थानको पहिचान गरि फोहर व्यवस्थापन गरेका छन् । जनकपुरधाम उप–महानगरपालिकामा दैनिक ९ टनभन्दा बढी फोहर संकलन हुन्छ ।
विहीवार जनकपुरको विद्यापति चोक देखि भानु चोक, भानु चोक देखि पिराडी चौक, भानु चोक देखि कदम चोक हुदै मालपोत विद्यापति चोकमा थुपारिएर राखिएको फोहर सरसफाई र व्यवस्थापन गरिएको छ ।
केहिदिन पहिला मात्रै जनकपुरधामका केहि युवाहरुले कार्यालय मुख्यद्धारमै फोहर थुपारेका थिए । उनीहरुले ल्याण्डफिल साइटलाई राजनीति रुप दिनेहरुको विरोध गर्नुको साटो मेयर साहको विरोध गर्दै गैर–लोकतान्त्रिक व्यवहार देखाएका थिए ।