दोहा : दोहास्थित नेपाली राजदूतावासले कोरोनाका कारण कतारबाट स्वदेश फर्कन विभिन्न माध्यमबाट फाराम भरेका थप ९ हजार ३ सय ८५ जना नेपालीको सूची सार्वजनिक गरेको छ ।
दूतावासका अनुसार नेपाल फर्कनका लागि ५ हजार ७ सय ५७ जनाले दूतावासमा निवेदन दिएका छन् भने कामदार कटौती गरेका र बन्द गरिएका विभिन्न कम्पनीहरूले ३ हजार ६ सय २८ जना नेपाली कामदारहरूको विवरण दूतावासलाई उपलब्ध गराएका छन् ।
यो नामावली नेपाल फर्कने प्राथमिकता सूची नभई दूतावासमा नाम दर्ता भएको जानकारी मात्र भएको दूतावासले जनाएको छ । दूतावासले प्राथमिकतामा पर्ने नेपालीलाई हवाई उडान तय भएसँगै लैजाने र जाने नेपाली सूची क्रमशस् प्रकाशित गर्दै लगिने जनाएको छ ।
अहिलेसम्म कतारबाट ५ हजार २ सय २ जनासहित विभिन्न कारणले ज्यान गुमाएका ४६ जना नेपालीको शव नेपाल पठाइएको छ । कोरोनाको महामारी फैलिएपछि कतारबाट स्वदेश फर्किने नेपालीहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
- खोजहब