जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ मा तीन जनाको कोरोना भाइरसबाट ज्यान गएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार सिरहा विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरुष, धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुष र सर्लाहीका ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । योसँगै प्रदेश २ मा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
मृतकमध्ये ३४ पुरुष र ८ महिला रहेका छन् । पर्सामा सबभन्दा बढी १९ जना, धनुषामा ७ जना, बारामा ६ जना र सप्तरीमा ३ जनाको ज्यान गएको छ । यस्तै रौतहट, सिरहा र सप्तरीमा २÷२ जना र सर्लाहीमा १ जनाको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ ।