जनकपुरधाम : जनकपुरस्थित प्रादेशिक अस्पतालमा कोरोना संक्रमित कर्मचारीको संख्या ३७ पुगेको छ ।
शुक्रवार मात्रै ११ जना कर्मचारीमा कोरोना पुष्टि भएको कोभिड–१९ धनुषाका संयोजक डा. जामुन सिंहले जानकारी दिए । उनका अनुसार यसअघि दुई डाक्टरसहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये दर्जनौं स्टाफ नर्स रहेका छन् ।
अस्पतालका केहि सरसफाई कर्मचारीमा समेत कोरोना पुष्टि भइसकेको छ । संक्रमित कर्मचारीलाई अहिले प्रादेशिक अस्पतालकै मातहतमा रहेको नर्सिङ कलेज आइसोलेशनमा भर्ना गरिएको छ ।