जनकपुरधाम : गुण्डा शैलीमा टुडेखोज डटकमका सम्पादक सन्तोष यादबलाई कुट्ने प्रहरीमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघ सिरहाले माग गरेको छ ।
महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताले आज विज्ञप्ती जारी गरेर घटनाको घोरभत्र्सना गर्दै दोषी प्रहरीमाथि कारबाहीको माग गरेका हुन् । प्रहरीले पत्रकारलाई कुटपिट गरेर प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार गरेको महासंघले ठहर गरेको छ ।
‘कोरोना रोकथामसंगै लकडाउनलाई प्रभावकारी बनाउने तथा सूचना सम्प्रेशन गर्ने पत्रकारको कार्य पनि उत्तिकै महत्व हो’, विज्ञप्तीमा भनिएको छ, ‘यस्तो अवस्थामा जुनसुकै पक्षले प्रेस स्वतन्त्रतामाथी हमला गर्ने कार्य निन्दनीय छ ।’
विहिवार मृत्यू भएको एक महिलाको शव शुक्रवार राति जनकपुरको नव जीवन अस्पतालबाट प्रादेशिक अस्पताल लगिने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । सोही बेला फोटो खिच्न खोज्दा सम्पाद यादब र पत्रकार सिबेन्द्र रोहितालाई निर्घात कुटपिट गरेका थिए ।
ति महिलाको मृत्यू अस्पताल र डाक्टरको लापरबाहीले भएको उनको आफ्न्तको आरोप छ । सोही कारण शव बुझ्न अस्वीकार गर्दै छानविन गरी दोषीमाथि कारबाहीको माग गरेका थिए । तर प्रहरीले बल प्रयोग गरी घटनालाई दबाउन खोजिएको छ ।