Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

बाबुको निधन भएको एक महिना नपुग्दै कोरोनाले लियो दुई छोरीको ज्यान

टुडे खोज लेखक टुडे खोज
भदौ २१, २०७७, ११:२४ AM
0
कोरोना भाइरसबाट बाराकी २३ वर्षीया गर्भवती महिलाको ज्यान गयो

मोरङ : मोरङको विराटनगरमा एक बृद्धको मृत्यु भएको एक महिना नबित्दै २ छोरीको पनि मृत्यु भएको छ । विराटनगर महानगरपालिका ११ का ७० वर्षीय वृद्धको साउन २३ गते घरमै निधन भयो ।

कालगतिले निधन भएका उनको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको एक महिना नपुग्दै उनका दुई छोरीको पनि मृत्यु भएको छ । वृद्धको मृत्यु भएको २० दिनपछि भदौ ९ गते राति ४० वर्षीया छोरीको पनि मृत्यु भएको थियो । कान्छी छोरी बितेको १० दिनपछि वृद्धकी ४३ वर्षीया जेठी छोरीको पनि शुक्रबारसाँझ मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका ४० र ४३ वर्षीया दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो । बाबुको मृत्यु संस्कारको काममा बसेकी ४० वर्षीया छोरीमा कामकै बीचमा ज्वरो आउने, छात्ती दुख्ने लगायत समस्या देखिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि मोरङको बूढीगंगा गाउँपालिका २ टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा लगिएको उनको उपचारका क्रममा भदौ ९ गते मृत्यु भएको हो ।

विराटनगर–१५ मिल्स एरिया घर भए पनि उनी विराटनगर–११ स्थित माइतीमै बस्दै आएकी थिइन् । उनको मृत्यु भएको केही बेरपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. पुरु कोइरालाले मृतकमा कोरोनासँगै ज्वरो र निमोनियाको पुरानो समस्या रहेको बताए । त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनकै ४३ वर्षीया दिदीको पनि शुक्रबारसाँझ मृत्यु भयो ।

श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले संक्रमित महिलालाई थप उपचारका लागि भदौ १८ गते प्रतिष्ठान पठाएकोमा उनको १९ गते मृत्यु भएको छ ।

सम्बन्धित समाचार

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

नेपाली पाँच सय र हजारका नोट बन्द ?

नेपाली पाँच सय र हजारका नोट बन्द ?

पर्सा प्रहरीले छापा मारेर २२ किलो सुन बरामद गर्यो, अनुसन्धान जारी

५४ तोला सुनसहित दुई जना पक्राउ

हेलिकप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो

हेलिकप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो

कार्यालयमै तास खेल्दै प्रहरी !

कार्यालयमै तास खेल्दै प्रहरी !

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध