टुडेखोज/ सप्तरी : गुडिरहेको मोटरसाइकलमा अचानक आगो लाग्यो भनेपछि पत्याउनै गार्हो हुन्छ । तर आइतबार सप्तरीको राजविराजम यस्तै भयो ।
एक व्यक्ति मोटरसाइकल चढेर आफ्नो गन्तव्यतीर जांदै थिए । अचानक धुवां निस्कियो । गाडी स्लो गर्न नपाउदै आगो लाग्यो । ति ब्यक्ति गाडीबाट कुदेर ज्यान जोगाए । गाडीमा दनदनी आगो बल्न थाल्यो ।
एकैछिनमा त्यहां धेरै मानिस जम्मा भयो । उनीहरुले नगरपालिकाको आगो नियन्त्रक बोलायो । तबसम्म गाडीका महत्त्वपूर्ण पार्ट जलेर नष्ट भ इसकेको थियो ।
