टुडेखोज/ मलंगवा : जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको बैठकले आजदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको छ । यो निर्णयपछि कोरोना संक्रमण फैलिन नदिन विगत ३ सातादेखि लगाइएको निषेधाज्ञा हटेको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र कुमार पौडेलले जीवन निर्वाह तथा सामाजिक आर्थिक अवस्थालाई सन्तुलित बनाई सुरक्षा मापदण्ड पालना गराएर निशेधाज्ञा हटाइएको बताए । उनका अनुसार निषेधाज्ञा हटाइएपनि होटेल तथा मदिरा पसलहरु र हाट बजार तथा मेला आयोजनमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
उपभोग्य सामाग्री बिक्री गर्ने पसलहरु प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ । संघ संस्था, कार्यालय, वित्तीय संस्थाहरु पालिकागत हिसाबले पालो मिलाएर संचालनमा ल्याउन सूचनामा भनिएको छ ।