Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

धनुषा : पोखरी ठेक्कामा अनियमितता, वडाध्यक्षले भने- अरुले रकम बुझाएन, म किन बुझाउने ?

टुडे खोज लेखक टुडे खोज
भदौ २२, २०७७, १२:५७ PM
0
धनुषा : पोखरी ठेक्कामा अनियमितता, वडाध्यक्षले भने- अरुले रकम बुझाएन, म किन बुझाउने ?

टुडेखोज/जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिका १ का वडाध्यक्ष कामेश्वर कापरले तीन वटा पोखरी विगत तीन वर्षदेखि ठेक्का लगाएर आर्थिक हिनामिना गरेको रहस्य खुलेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मै राम जानकी पोखरी, भगवानपट्टी पोखरी र गुलरीया पोखरी ठेक्का लगाए । पोखरी ठेक्का लागेको अहिले तेस्रो आर्थिक वर्ष चल्दैछ । यद्दपी पहिलो र दोस्रो आर्थिक वर्षमा पोखरी ठेक्काबाट उठेको रकम समेत नगरपालिकामा बुझाएका छैन । नगरपालिकाले गराएको लेखा परीक्षणको प्रतिवेदनमा पोखरी ठेक्का नलागेको दावी गरिएको छ ।

पोखरी सार्वजनिक (सरकारी) भएपनि ठेक्काबाट उठेको रकमबाट वडाध्यक्ष कापरले गोजी भर्ने काम गरेका छन् । स्रोतका अनुसार जानकी पोखरी प्रतिवर्ष ५० हजार, भगवानपट्टी पोखरी प्रतिवर्ष ५ लाख ५० हजार र गुलरिया पोखरी प्रतिवर्ष ५ लाख रुपैयामा वडाध्यक्ष कापरले ठेक्का लगाएका हुन् ।

वडाध्यक्ष कापरले पोखरी ठेक्का लगाएपनि ठेकेदारलाई कुनै प्रमाण दिएको छैन । एक ठेकेदारले पोखरी गोप्य रुपमा ठेक्का दिएका कारण कागजी प्रक्रिया पुरा नगरेको बताए । पोखरी ठेक्काबापतको रकम वडाध्यक्षलाई नै बुझाउने गरेको उनको भनाई छ ।

यता, पोखरी ठेक्का लगाएर वडाध्यक्ष कापरले रकम हिनामिना गरेको भन्दै छानविन गरी आवश्यक कारबाही गर्न नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ । स्थानीय दिपेन्द्र कुमार कापर र बलराम कापरले संयुक्त रुपमा न्यायिक समितिमा उजुरी दिएका हुन् ।

यता, वडाध्यक्ष कापरले राम जानकी पोखरी मात्र ठेक्का लगाएको स्वीकारे । उनले भने, ‘तीन वटा होइन्, एउटा राम जानकी पोखरी प्रतिवर्ष ३ लाखका दरले ठेक्का लगाएको छु ।’ पोखरी ठेक्काबाट उठेको रकम आफ्नो नीजि बैंक खातामा राखेको पनि स्वीकारे ।

उनले नगरपालिकाका धेरै पोखरी ठेक्का लागेपनि रकम नबुझाएको बताए । अरुले ठेक्का लगाएर रकम हिनामिना गरेमा तपाई पनि हिनामिना गर्ने भन्ने जिज्ञासमा उनले भने, ‘त्यो त मिल्दैन् । रकम मसँग छ । म भरतपुर आएको छु । फर्केपछि नगरपालिकामा बुझाउँछु ।’

सम्बन्धित समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध