टुडेखोज/ जनकपुरधाम : सुन चाँदीको गहनामा प्रयोग गरिने रसायन धातुसहित दुई जनालाई धनुषा प्रहरीले सोमवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको मठिहानी नगरपालिका ७ का २० वर्षीय श्याम दास र सोही ठाउँका २२ वर्षीय मो. नुरारी लहेरी छन् । जनकपुर उपमहानगरपालिका ५ सोनरपट्टीबाट चेक्रचाँचको क्रममा रसायन बरामद भएपछि उनी दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी मकेन्द्र कुमार मिश्रका अनुसार उनीहरु साइकलमा ५० किलो रसायन धातु बोकेर गइरहेका बेला पक्राउ परेका हुन् । बरामद रसायन अन्दाजी १० लाख ६२ हजार ५ सय र साइकल अन्दाजी ४ हजार बराबरको रहेको छ ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको डिएसपी मिश्रले बताए । उनीहरुले कहाँबाट यतिधेरै परिमाणमा रसायन ल्याएको विषयमा केहि खुल्न सकेका छैन ।
