टुडेखोज/ जनकपुरधाम : कोरोना संक्रमणबाट प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५ जनाको ज्यान गएको छ ।
सिरहाका २ जना, सर्लाहीका २ जना र पर्साका १ जनाको ज्यान गएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार सिरहा गोलबजार ३ का ७७ वर्षीय पुरुष र मिर्चैया नगरपालिका ६ का ६० वर्षीय पुरुषको ज्यान गएको छ ।
यस्तै सर्लाहीको चक्रघट्टा गाउँपालिका ३ का ३५ वर्षीय पुरुष, चक्रघट्टा गापा ३ कै सुन्दरपुरका ४० वर्षीय पुरुष र पर्साको वीरगन्ज महानगरपालिका ३० लालपर्साका ५४ वर्षीय पुरुषको पनि कोरोनाले नै ज्यान लिएको छ ।
योसँगै प्रदेश २ मा कोरोनाले ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ । मृतकमध्ये १६ जना महिला र ९० जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयाले जनाएको छ ।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म पर्सामा सर्वाधिक ३९ जना, धनुषामा १२ जना, महोत्तरीमा ११ जना, सिरहामा १० जना, सप्तरीमा ८ जना, सर्लाहीमा ५ ना, रौतहटमा ५ जना र बारामा १५ जनाको कोरोनाले ज्यान लिएको छ ।