बिश्वभरि रहेका मधेशीहरुलाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघ (NRMA) को स्थापना ८ सेप्टेम्बर २०१० मा भएको हो । यसको संस्थापक अध्यक्ष डॉ. सीके राउत रहेका थिए । संस्थापक उपाध्यक्षका साथ ई. बसन्त कुशवाहा २ कार्यकाल अध्यक्ष रहेका छन् ।
स्थापनाको १० वर्षमा गैर आवासीय मधेसी संघ ४५ देशमा फैलिएको छ भने यस संगठनमा २ लाख भन्दा बढ़ी सदस्य रहेका छन् । मलेसिया र मध्यपूर्वका देशहरुमा NRMA का सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ । यी देशहरुमा एरिया र कैम्प सम्म समितिहरु बिस्तार गरेका छन् ।
एनआरएमएले अन्तर्राष्ट्रीय मंचहरुमा रंगभेद विरूद्ध आवाज़ उठाउदै आईं रहेको छ । मधेश र मधेशीको हकहितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आई रहेको छ । मधेशी बाहुल्य देशहरुमा मधेशका पर्व त्योहार हरु मनाउदै प्रवासमा पनि आफ्नो सभ्यता र सांस्कृतिको संरक्षण गर्दै आई रहेको छ।
त्यस्तै एनआरएमएले मधेशमा हुने गरेको प्राकृतिक प्रकोप जस्तै बाढ़, भूकम्पका बेला प्रवासबाट सहयोग, राहत तथा निशुल्क उपचार सेवाहरु प्रदान गरेका छन् । मधेशको विकासका लागी यस संगठनले खोज र अनुसंधान समेत गर्दै आई रहेको छ । त्यस अन्तर्गत आधुनिक कृषि, औद्योगिकरण, पर्यटन, बैंकिंग, फ्री जोन एफ़डीआई, सौर्य ऊर्जा, वातावरण संरक्षण इत्यादिका क्षेत्रमा उपलब्धि हासिल गरेका छन्, जुन आउने दिनमा मधेशमा लागू गर्ने छ ।
त्यस्तै एनआरएमएले प्रवासमा रहेको सबै मधेशीहरुलाई एउटा छाता संगठनभित्र एकबद्ध गर्दै हरेक किसिमको सहयोग उपलब्ध गराउदै आई रहेको छ । आर्थिक सहयोगदेखि रोज़गार सम्बन्धी समस्या, बिदेशी क़ानूनी समस्या आदिमा समेत संगठनले सहयोग जारी राखेको छ । यसका साथै बिदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ ।
खास गरी कोरोना महामारीको समयमा एनआरएमएले हरेक देशमा छुटै उप-समिति मार्फ़त सहयोग र समन्वय जारी राखेको छ । कोरोनाका कारण बिदेशमा थुप्रै कम्पनीहरु बन्द भएका छन् । जसका कारण हज़ारौको संख्यामा मधेशीहरु समस्यामा परेका छन् । यिनीहरुलाई संगठनले राय, सल्लाह र उद्धारमा सक्रिय भूमिका निर्वाह गरेको छ ।
बिदेशी भूमिमा पनि गैर आवासीय मधेशी संघ एउटा सशक्त, संगठित र प्रभावकारी संगठनको रूपमा देखिएको छ । संगठनले आगामी दिनहरुमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाड़ी बढ़दै गरेको जनाइएको छ ।