राजविराज : सडकमा ड्युटीमा खटिएका प्रहरीलाई हातपात तथा गालीगलोज गरेको अभियोगमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खडक नगरपालिका–५ रञ्जितपुरका ३० वर्षीय अर्जुनकुमार साह छन् । ईलाका प्रहरी कार्यालय कडोरबनाबाट खटिएको प्रहरीले सुरूङगा नगरपालिका–४ कदमहामा ज ११ प १८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा साहले मास्क नलगाएकाले सम्झाउन खोज्दा आमनागरिकलाई रोकेर प्रहरीले अनावश्यक रूपमा दुःख दिने गरेको भनी विभिन्न किसिमको गालीगलोज गर्नाका साथै प्रहरीलाई हातपात समेत गरेको बताइएको छ ।
साह नेपाल विद्युत् प्राधिकरण बोदेवर्साइन सप्तरीमा सहायक प्रबन्धक पदमा कार्यरत रहेको खुलेको छ । उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।