काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।
देशभर १ महिला र ५ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतकमध्ये २ जना पर्साको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १३८ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा २ हजार २८७ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ३२ हजार ९६४ निको भएको छ । यो कुल संक्रमितको ६८ प्रतिशत हो ।
हाल १४ हजार ८६८ जना सक्रिय संक्रमित छन् । यीमध्ये ८ हजार ५३ जना संस्थागत आइसोलेनमा छन् भने होम आइसोलेसनमा ६ हजार ८१५ छन् ।