मनोज बनैता/ लहान : लहान नगरपालिका स्वास्थ शाखाले पिसिआर को दायरा बढाएको दावी संगै ‘कन्ट्याक्ट ट्रेसिङ’ मा पर्नेहरुले स्वाव दिन नआउँदा सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गर्न थालेका छन् । संक्रमित भएकाहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको धमाधम स्वाव परिक्षण भईरहेको स्वास्थ शाखा लाहानको भनाई रहेको छ ।
लाहान नगरपालिका स्वास्थ शाखा प्रमुख राम सुन्दर यादवले भदौ २१ गते आईतवार आफ्नो फेसबुक मार्फत स्वाव दिन ईनकार गर्नेलाई सार्वजनिक गरेको छ । उनका अनुसार ‘कन्ट्याक्ट् ट्रेसिङ’को आधारमा हुन लागेको पिसिआर परिक्षणमा सनराईज बैंकका कर्मचारी लगायत लाहान ७ का कैयौं ब्यक्ति स्वाव दिएनन् । उनले १२२ जनाको योजना बनाएकोमा ५२ जनाले मात्र स्वाव दिएको पुष्टि गरेको छ । भदौ १९ गते शुक्रबार मालपोतका कर्मचारीले समेत स्वाव दिन नमानेको उनले स्पष्ट पारे ।
उता, सनराईज बैंक लाहानका शाखा प्रमुख अरुण राज पौडेलले ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेको हुन सक्ने भन्दै एक महिना अगाडि नै नगरपालिका लाई स्वाव परिक्षणको लागि निवेदन दिएको तर यति लामो समय सम्म पनि कुनै पहल नभएको भन्दै गुनासो पोखेका छन् ।
पौडेलको अनुसार ग्लोबल आई एम ई बैंकमा पोजेटिभ केस देखिने बित्तिकै आफुले सनराईजका सबै कर्मचारीको पिसिआर गर्न पालिका समक्ष अनुरोध गरेपनी स्वास्थ शाखाले वेवास्ता गरेको तर भदौ २१ गते आईतवार १० बजे अचानक बैंकका सबै कर्मचारीलाई आउन निर्देशन दिएका थिए ।
आर्थिक कारोबार गर्ने संस्था बिना कुनै पुर्व जानकारी कामकाज ठप्प गरि कसरी पिसिआर गराउन जान्थ्यो ? भन्ने प्रमुख पौडेलको प्रश्न छ । उनको अनुसार कम्तीमा एक वा दुई दिन अगाडि जानकारी भएको भए बैंक बन्द गरेर भएपनी जान मिल्ने थियो । यस बिषयमा स्वास्थ शाखा प्रमुख यादव संग कुरा गर्दा ब्यस्तताले पुर्व जानकारी नगराएको भनी स्वीकार गरे ।