टुडेखोज/ काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरामा पनिक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
ह्याम्स अस्पतालमा कोरोना परीक्षण गराउँदा रिपोर्ट अस्पष्ट भएपछि मंगलवार नै टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुनः परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको हो । सोमबार १०४ डिग्री ज्वरो आएपछि कोइरालको स्वाब परीक्षणका लागि ह्याम्स अस्पताल पुगेका थिए ।
महामन्त्री कोइरालाले स्वयंम कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । कोरोना लागेपनि आफ्नो स्वास्थ्य अवस्था अवस्था ठिक रहेको बताएका छन् ।
चिकित्सकहरुको सल्लाह अनुसार होम आइसोलेसनमा बसेको उनले बताए । आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा आवश्यक सजगता अपनाउन पनि उनले आग्रह समेत गरेका छन् ।
कोरोनाको आशंका लागिपछि कोइरालकाको परिवार र सुरक्षाकर्मीसहित थप १९ जनाको स्वाव परिक्षणका लागि स्टार हस्पिटल लगिएको समाचार प्राप्त भएको छ ।