टुडेखोज/ जनकपुरधाम : महोत्तरीका क्षेत्र नम्बर ४ (ख)मा पर्ने रामगोपालपुर नगरपालिका ४ का चार मुसहर परिवारले पक्की भवनमा बस्ने भएको छ ।
जनता आवास कार्यक्रम अन्तर्गत स्थानीय असर्फी सदा, सुनिता सदा, सिलादेवी सदा र रामसोगारथ सदाको पक्की घर बनेको हो । एक समारोहबीच प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले उनीहरुलाई घर हस्तान्तरण गरेका छन् ।
राज्यमन्त्री कुशवाहाले पहल गरी घर बनाइदिएको भन्दै उनलाई मुसहर समुदायले सम्मान समेत गरे । उनले अन्य मुसहर परिवारको घर पनि चाँडै बनाइदिने प्रतिवद्धता जनाए ।
