Today Khoj
Advertisement
            
ई-पेपर
No Result
View All Result
No Result
View All Result
No Result
View All Result
                                

असोज १ बाट सबै सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा

टुडे खोज लेखक टुडे खोज
भदौ २४, २०७७, ५:४९ PM
0
असोज १ बाट सबै सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा

टुडेखोज/ काठमाडौं : सरकारले कुनै विकल्प नदिएको भन्दै यातायात व्यवसायीले सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् ।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गरियो । सोही दिनदेखि सार्वजनिक यातायात चलेका छैन । गाडी चलाउन नपाउँदा छाक टार्न र बैंकको ऋण तिर्न मुस्किल भएको भन्दै व्यावसायीले सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका हुन् ।

सबै सार्वजनिक यातायात चलाउने विषयमा औपचारिक निर्णय नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत बिहीबार गरिने महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।
बुधबार यातायात व्यवस्था विभागमा भएको महासंघसहित यातायातसँग सम्बद्ध मजदुर संगठनको संयुक्त बैठकले सरकारलाई सार्वजनिक सवारी साधन सञ्चालन गर्न लागिएकोबारे जानकारी दिएको अधिकारीले बताए ।

अधिकारी भन्छन्, ‘६ महिनासम्म सार्वजनिक सवारीसाधन ग्यारेज र बसपार्कमा थन्किदा पनि सरकारले विकल्प दिएन । अब थेग्ने अवस्था रहेन । अब असोज १ देखि हाम्रा गाडी सडकमा निस्कन्छन् । यसबारे सरकारलाई लिखित जानकारी गराउँछौँ ।’

कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपनाएर सार्वजनिक सवारीसाधन संचालन गर्ने भन्दा पनि सरकारले निर्णय नदिएकोमा व्यवसायीको आपत्ति छ । यस अतिरिक्त रूट परमिट, नविकरण शुल्क र बीमाबारेसमेत सरकारले निर्णय नदिदा व्यवसायी मर्कामा परेको अधिकारीको भनाई छ ।

सम्बन्धित समाचार

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

नेपाली पाँच सय र हजारका नोट बन्द ?

नेपाली पाँच सय र हजारका नोट बन्द ?

पर्सा प्रहरीले छापा मारेर २२ किलो सुन बरामद गर्यो, अनुसन्धान जारी

५४ तोला सुनसहित दुई जना पक्राउ

हेलिकप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो

हेलिकप्टर दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइते चार जनालाई काठमाडौं लगियो

कार्यालयमै तास खेल्दै प्रहरी !

कार्यालयमै तास खेल्दै प्रहरी !

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result