टुडेखोज/ लहान : सिरहाको कल्याणपुर नगरपालिका १ स्थित लक्षण मण्डल जनता प्राविधिक माध्यमिक विद्यालयबाट कम्प्युटर चोरी भएको छ ।
मंगलवार मध्यरातमा विद्यालयको ताला फोडेर एकथान डेस्कटप, एकथान मोनिटर र दुई थान सीसी क्यामेराको हार्डडिस्क चोरी भएको हो । विद्यालयका शिक्षक उग्रदेव मण्डलका अनुसार जुन कोठाबाट डेस्कटप, मोनिटर र हार्डडिस्क चोरी भयो, उक्त कोठामा २२ थान कम्प्युटर सेट थियो ।
शिक्षक मण्डलले टुडेखोजसँग भने, ‘स्थानीय एक व्यक्तिले शौचालय गइरहेका बेला चोरलाई हेरेँ । चोरले पनि उनलाई हेरेको हुनसक्छ । त्यसैले अन्य कम्प्युटर चोरी गर्न सकेन होला ।’ चोरी कसले गरेको विषयमा केहि खुल्न नसकेको उनको भनाई छ ।
