टुडेखोज/ पर्सा : प्याव्सन पर्साका अध्यक्ष डा. हरिशंकर प्रसाद साह मधेश ईन्जिनियर्स एसोसिएशन (एमईए)को केन्द्रिय सल्लाहकारमा मनोनित भएका छन् ।
बिभिन्न संघ संस्थासँग आबद्ध रहेका डा. साहलाई एमईएको २४ गतेको निर्णय अनुसार केन्द्रिय सल्लाहकारमा मनोनित गरिएको हो । डा. साह क्यान पर्सा, क्रिकेट एसोसिएशन अफ नेपाल, वीरगन्ज इन्स्टिच्युट अफ टेकनोलोजी, सेन्टजेवियर्स स्कुल एण्ड कलेज, शिक्षा कमिटि वीरगन्ज, वीरगन्ज मेडिकेयर प्राली लगायतका संघ संस्थामा आवद्ध छन् । यस अघि उनी एनआएनको सदस्य, नेपाल बिधार्थी युनियन वेलारुस रसियाको उपाध्यक्ष तथा अध्यक्षको पद समेत सम्हालिसकेका छन् ।
बाराको महागढीमाई नगरपालिका १० गन्जभवानीपुर घर भएका डा. साह हाल वीरगन्ज महानगरमा बस्छन् । अति मिलनसार तथा कुशल व्यवस्थापक समेत रहेका डा. साहलाई मधेश ईन्जिनियर्स एसोसिएशनको केन्द्रिय समितिको वैठकले एसोसिएशनको केन्द्रिय सल्लाहकारमा मनोनित गरेको छ ।

केन्द्रिय समितिको भदौं २४ गते वसेको वैठकको निर्णय अनुसार डा. साहलाई केन्द्रिय सल्लाहकारमा मनोनित गरिएको मधेश इन्जिनियर्स एसोसिएशनका केन्द्रि अध्यक्ष ई. संजिव नारायण यादवले वताए ।