अमेरिकाले इराकमा बाँकी रहेका आफ्ना सैनिक मध्ये एक तिहाई भन्दा धेरैलाई स्वदेश फिर्ता बोलाउने भएको छ ।
अमेरिकी सेनाका मध्यपूर्व हेर्ने शीर्ष कमाण्डरका अनुसार २२ सय सैनिक केही हप्ताभित्रै फिर्ता फिर्ता लैजाने बताएका हुन् ।
उनले सेप्टेम्बरको अन्त्यसम्ममा सैनिक फिर्ता बोलाउने बताएको बिबिसीले उल्लेख गरेको छ ।
जनरल केनथ म्याकेन्जीलका अनुसार इराकमा अमेरिकी सैनिकको संख्या तीन हजारमा झारिने छ । हाल इराकमा ५२ सय अमेरिकी सैनिक रहेका छन् ।
इराकमा रहेने सैनिकहरुले इराकी सुरक्षा निकायलाई इस्लामिक स्टेट (आइएस) सहितका बिद्रोहीविरुद्धको रणनीतिक कारवाहीका लागि परामर्श तथा रणनीतिगत सहयोग गर्ने छन् ।
गएको महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इराकमा रहेका सबै अमेरिकी सैनिकलाई सम्भव भएसम्म चाँडो फिर्ता बोलाउने बताएका थिए ।