आज पनि भेट्यो १५ सय ५९ कोरोना संक्रमित, थप ७ जनाको ज्यान गयो


काठमाडौं : पछिल्लो २४ घण्टामा बुधबार पनि थप १५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगैं देशभर संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७ जना कोरोनामुक्त भएका हुन् । हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनामुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २५ हजार पुगेमा फेरी लकडाउन हुनेछ । यसरी नै सक्रिय संक्रमितको संख्या बढिरहे दशैं अगावै लकडाउन गर्नुपर्ने अवस्था आउँछ ।

पछिल्लो २४ घण्टामा थ ७ जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै देशभर कोरोनाले ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन १४, बुधबार १६:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ