एकैदिन भेटिए ४ हजार ३६४ कोरोना संक्रमित, थप १२ को मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा बिहीबार देशभर ४ हजार ३६४ कोरोना संक्रमित भेटिएका छन् । एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना कोरोनामुक्त भएका छन् । कोरोनमुक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमित संख्या २६ हजार ६८४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन २२, बिहीबार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ