सिरहा : अवरुद्ध बनेको सडक राज्यमन्त्री मण्डलको पहलमा मर्मत हुँदै


टुडेखोज, जनकपुरधाम : प्रदेश २ का उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलको पहलमा सिरहाको मिर्चैया– कल्याणपुर–सिरहा सडक मर्मत सुरु भएको छ ।

करिब २४ किलोमिटरको मिर्चैया– कल्याणपुर– सिरहा सडकको अवस्था जर्जर थियो । सार्वजनिक यातायातको सबारी साधनहरु समेत ठप्प भएको थियो । गाडी घोडा बीच बाटोमै थला परिरहेको अवस्था थियो । त्यसैले सो क्षेत्रका जनता आक्रान्त थिए ।

सडकको अवस्था जर्जर बनेको गुनासो आएपछि राज्यमन्त्री मण्डलले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई आग्रह गरेपछि मर्मत सम्भार सुरु भएको हो । अहिले पुर्वाधार विकास कार्यालय सिरहा मार्फत सो सडकको मर्मत सम्भार सुरु गरिएको छ ।

राज्यमन्त्री मण्डलले उक्त लामो सडक तथा यस क्षेत्रको लाइफ लाइनलाई मर्मत सम्भारका लागि मन्त्री सोनलले आवश्यक पर्ने बजेटको व्यवस्था गरि पूर्वाधार विकास कार्यालय सिरहा मार्फत काम शुरु गर्न लगाएको जानकारी दिए ।

सडकको मर्मत सम्भार सुरु भएपछि मन्त्री सोनल, प्रदेश सरकार तथा डिई राजेश कर्णलाई क्षेत्रबासीको तर्फबाट राज्यमन्त्री मण्डलले धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित : 11 October 2020 10:07 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !