महोत्तरी : एकै गाउँमा युवा र युवतीको शव झुण्डिएको अवस्थामा भेटियो


टुडेखोज, जनकपुरधाम : महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर ६ सरपल्लो गाउँमा एकैदिन युवा र युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

मंगलबार स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार सुनिल आफ्नै घरमा झुण्डिएको अवस्था भेटिए । यस्तै करिब ५ सय मिटर दुरीमा रहेको आँपको बगैंचामा खुश्वु पनि झुण्डिएकै अवस्थामा भेटिइन् ।

उनी दुबै जना के कारणले आत्महत्या गरेको विषयमा केहि खुल्न सकेका छैन । घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रकाशित : २०७७ आश्विन २८, बुधबार ०९:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ