पर्साका मुकेशको हत्यामा संलग्न जोसुकै भएपनि कारबाही गर : प्रचण्ड


टुडेखोज, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

उनले आइतबार विज्ञप्ति निकालेर यस्तो माग गरेका हुन् । कात्तिक ६ गते नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण समारोहमा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका मुकेशको भोलिपल्ट मृत्यु भएको थियो ।

यसअघि नेकपा पर्सा जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवले विज्ञप्ति निकालेर चौरसियालाई शहीद घोषणा गर्न र हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका थिए ।

प्रचण्डले आफू नेकपाको केन्द्रीय कार्यकारी अध्यक्षको हैसियतमा जिल्ला कमिटीको वक्तव्यलाई समर्थन गर्ने पनि बताएका छन् ।

हत्याको घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको भन्दै प्रचण्डले कारबाही अघि बढाउन माग गरेका छन् ।

‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको प्रचण्डले उल्लेख गरेका छन् ।

प्रकाशित : २०७७ कार्तिक ९, आईतवार १९:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ