महोत्तरीमा नशालु ट्यावलेट सहित २ जना पक्राउ


जनकपुरधाम : महोत्तरीमा लागुऔषध ट्यावलेटसहित २ जनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।

जलेश्वर नगरपालिका ३ मलिवारास्थित शसस्त्रको चेपपोष्टले भारी परिमाणमा लागुऔषध नाईट्राभेट ट्यावलेटसहित २ जना पक्राउ परेका हुन् ।

दोलखाको ठुलोपात गाउपालिका ९ का असिम भुजेल र सिन्धुलीको कमलामाई नगरपालिका घर भएका मनोज भुजेल पक्राउ परेको प्रहरीले जनाएको छ ।

भारतबाट झोलामा लागुऔषध नाईट्राभेट १ हजार ५ सय थान ल्याउदै गर्दा चेकजाचको क्रममा दुबै जना पक्राउ परेको शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरका प्रमुख शसस्त्र प्रहरी निरिक्षक विर्ख बहादुर शाहीले जानकारी दिए ।

पक्राउ परेका दुवै आरोपीलाई लागुऔषध सहित प्रहरीलाई जिम्मा लगाइएको छ । नेपाल प्रहरीले कारवाही अगाडी बढाएको हो ।

प्रकाशित : २०७७ कार्तिक १२, बुधबार १२:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ