एजेन्सी : चिनियाँ अन्तरिक्ष यान चन्द्रमाको सहतमा अवतरण गरेको छ । चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा रहेको चीनले २३ नोभेम्बरमा पठाएको यान मंगलबार राति सफलतापूर्वक चन्द्र सतहमा अवतरण गरेको हो ।
चीनले रोबोटिक च्याङ्ग इ-५ अभियान अन्तर्गत यान पठाएको हो । यो अभियानमा चीनले चन्द्रमाको ढुंगा र माटो पृथ्वीमा ल्याउने प्रयास गर्दैछ। चन्द्रमामा पुगेको चिनियाँ यानले अवतरण भएको क्षेत्रमा केही दिन रहेर त्यहाँ पाइने सामग्री संकलन गर्ने बताइएको छ ।
उक्त यानले झण्डै दुई किलो ढुंगा र माटो संकलन गरेर पृथ्वीमा ल्याउने बताइएको छ । चीनको यो अभियान सफल भएमा करिब ५० वर्षदेखिको प्रयास सफल हुने बताइएको छ ।
यसअघि तत्कालीन सोभियत युनियनले लुना-२ को सहायतामा झण्डै २०० ग्राम ढुंगा र माटो ल्याएको थियो । यो प्रयासमा अमेरिकासमेत सफल भइसकेको छ ।
चिनियाँ योजना सफल भएमा चिनियाँ यान डिसेम्बर अन्त्यतिर ढुंगा र माटोसहित मंगोलियाको कुनै क्षेत्रमा अवरण हुनेछ । चीनको यो अभियान सफल भएमा चीन अन्तरिक्षको महाशक्तिमा सहभागी हुनेछ ।
यसअघि अमेरिका र रुसले चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएका छन् । चीनले यसअघिसमेत पटकपटक प्रयास गरिसकेको छ । यस पटकको प्रयास सफल हुने विश्वास चिनियाँ अधिकारीले गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।