दुःखद् : सप्तरीमा माहुरीको टोकाइबाट गर्भवती महिलाको मृत्यु


राजविराज : सप्तरीमा माहुरीको टोकाइबाट एकजना गर्भवती महिलाको मृत्यु भएको छ । रुपनी गाउँपालिका १ रुपनी बजार निवासी राजेश यादवकी २४ वर्षीया पत्नी रमिलाको मृत्यु भएको हो ।

घरदेखि झण्डै ५ सय मिटर पश्चिम शम्भुनाथ नगरपालिका १ खोक्सरस्थित आफ्नो खेतबाट र्फकँदै गरेकी महिलालाई मंगलबार दिउँसो माहुरीले टोकेको उनको परिवारको भनाइ छ ।

उनको मुख, घाँटी र छातीमा एकै पटक सयौं माहुरीले टोकेका थिए । माहुरीको टोकाइबाट सिकिस्त भएकी उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिए पनि उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।

मृतक महिला ६ महिनाकी गर्भवती थिइन् । उनको ५ वर्षका एउटा छोरासमेत छन् ।

प्रकाशित : २०७७ मंसिर १७, बुधबार ११:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ