जनकपुरधाम : प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । उनको पेज ह्याक गरी ह्याकरले केहिबेर अगाडी चाइनीज अनुहारकी एक युवतीको तस्विर अपलोड गरेका हुन् ।
यस्तै ‘CM Lalbabu Raut’ नाम रहेको पेजको नाम पनि परिवर्तन गरी चाइनीज भाषा प्रयोग गरिएको छ । मुख्यमंत्री राउतको प्रेस संयोजक आतिश मिश्रले मुख्यमंत्री राउतको फेसबुक पेज ह्याक भएको पुष्टि गरे ।
उनले भने, ‘ह्याकरले मुख्यमंत्री जीको पेज, मेरो फेसबुक र मुख्यमंत्री सचिवालयको पेज ह्याक गरेका छन् ।’ उनले सुनसरीको धरान क्षेत्रबाट ह्याक गरेको खुलेको पनि बताए ।
यसअघि प्रदेश २ को सामाजिक विकास मंत्री नवल किशोर साहको फेसबुक पनि ह्याक भएको थियो ।