विराटनगर : मोरङमा एक व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । सुनवर्षी नगरपालिका ५ झुगी चोकबाट ४१ वर्षीय राजकुमार मण्डल पक्राउ परेका हुन् ।
उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । कम्मरमा भिरेको कटुवा पेस्तोल, त्यसको दुई राउन्ड गोली र १९ हजार ३२५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
हतियारसहित गतिविधि गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटिएको थियो ।