सिरहाका एक कोरोना संक्रमित पुरुषको मृत्यु, मृतक २३ पुग्यो


लहान : कोरोना सङ्क्रमणबाट सिरहामा थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका १ निवासी ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकामा उनीको सोही अस्पतालमा पिसिआर परीक्षण गर्दा गत बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण भएपछि उपचार हुँदाहुँदै शुक्रवार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताए । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

प्रकाशित : २०७७ मंसिर २०, शनिबार १५:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ